Categories समाचार

जनमतले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्री उम्मेदवार बनाउने

Advertisement

वीरगन्ज । अब मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

Advertisement

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले आज सरकारको दावी गर्ने बुझिएको छ ।

Advertisement

नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । जनमतले मुख्यमन्त्रीका लागि सारेका उनी सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *