Categories खेलकुद

बिपिएस प्लस २ कलेजद्वारा बंगबन्धु कबड्डी कप खेलेर फर्किएका यादवलाई स्वागत तथा सम्मान

Advertisement

वीरगन्ज । बंगलादेशमा सम्पन्न भएको बंगबन्धु कबडडी कप २०२४ खेलेर फर्किएका सागर यादवलाई वीरगन्जमा स्वागत तथा सम्मान गरिएको छ ।

बिपिएस प्लस २ कलेज रानिघाटमा अध्यनरत वीरगन्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवा निवासी ज्ञानचन राउत अहिर (तुलसी) का १८ वर्षीय छोरा यादव बंगबन्धु कबडडी कप २०२४ मा खेलेर फर्किएपछि कलेजले स्वागत तथा सम्मान गरेको हो ।

Advertisement

बंगलादेशको ढाकामा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बनेको थियो । प्रतियोगिताको सोमबार भएको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग ४५–३१ ले पराजित भएको थियो ।

Advertisement

प्रतियोगितामा नेपालसहित १२ राष्ट्रको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो ।

नेपाल समूह ‘ए’मा थियो । नेपालले मलेसियालाई ६७–३०, पोल्यान्डलाई ९३–४१ र दक्षिण कोरियालाई ६७–४५ ले हराएको थियो । समूह चरणमा नेपालले इन्डोनेसियालाई ६३–३५ ले पाखा लगाएको थियो । 

नेपाली टोलीमा सहभागी वीरगन्जका यादवले कलेजसहित वीरगन्जको नाम अन्तरास्ट्रिय स्तरमा चर्चामा ल्याएको भन्दै कलेज परिसरमै सम्मान कार्यक्रमको आयोजना गरि टीका, माला र खादा लगाई सम्मान गरिएको लेखा विषय शिक्षक तथा मानव संसाधन निर्देशक संदिप कुशवाहाले जानकारी गराए ।

सो अवसरमा अर्थ शास्त्र शिक्षक तथा शैक्षिक निर्देशक दिपक पटेल, खो खो तथा कबड्डीका प्रशिक्षक आकाश पटेललगायत कलेजका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *