Rato Pana
समाचार

मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा शारदा माविका प्रधानाध्यापक मेहता सम्मानित

वीरगंज । मधेश प्रदेशकै उत्कृष्ट प्रधानाध्यापकको रूपमा श्री शारदा मावि बहुअरी सुगौली वीरगंज-२४ का प्रधानाध्यापक विनोद मेहता सम्मानित भएका छन् ।

“प्रिन्सिपलस एशोसिएसन अफ नेपाल” (पान) ले काठमाण्डौको लाजिम्पाटमा आयोजना गरेको देशैभरका सामुदायीक विद्यालयहरुको प्रधानाध्यापकहरुकाे प्रथम राष्ट्रिय सम्मेलनमा प्राधानाध्यापक मेहता नगद पुरस्कार सहित सम्मान गरेकाे हाे ।

प्राधानाध्यापक मेहताले सामुदायीक विद्यालय शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएकाे भन्दै पानले मधेश प्रदेश उत्कृष्ट प्रधानाध्यापकाे रुपमा नगद पुरस्कार राशि रु १० हजार सहित सम्मान गरेकाे हो ।

सम्मानित भएका प्राधानाध्यापक प्रिन्सपल एशाेसिएसन अफ नेपाल (पान) पर्साका अध्यक्ष समेत हुन् ।

पान केन्द्रिय समितिका सभापति सुदामा गाैतमकाे अध्यक्षतामा सुरु भएकाे राष्ट्रिय सम्मेलन जेठ २८ सम्पन्न हुने छ । 

सम्वन्धित समाचार

Leave a Comment