वीरगंज । श्री विन्दवासिनी माई युवा क्लबको कार्यालय आज एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
वीरगंज- १९ विन्दवासिनीका युवाहरुले सामाजिक विकासका लागि अग्रसरता देखाउदै विन्दवासिनी चौकमा एउटा कोठा भाडामा लिएर कार्यालय संचालनमा ल्याएको एक महिनापछि कार्यालयको औपचारिक उद्घाटन शनिबार गरेका हुन् ।
कार्यालय उद्घाटन लगतै अन्तर सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता भएको थियो ।
चारवटा सामुदायिक विद्यालयको सहभागितामा गराइएको हाजिरी जवाफ प्रतियोगितामा श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालय रामनगरीले पहिलो स्थान प्राप्त गरेको छ ।
दोश्रो स्थानमा श्री रा.रा.चौ.माध्यमिक विद्यालय झौवां र तेश्रो स्थानमा श्री महावीर साह माध्यमिक विद्यालय नगरदाहाँले प्राप्त गर्न सफल रह्यो ।
कार्यालयको उद्घाटन र हाजिरी जवाफ प्रतियोगिताको संयुक्त रुपमा नै कार्यक्रमका प्रमुख अतिथी वडा नं. १९ का वडा सचिव घनश्याम प्रसाद कुर्मी रहनुभएको थियो ।
आउने दिनमा शिक्षा तथा सामाजिक क्षेत्रमा समाजलाई सकारात्मक असर हुने कार्यहरु गर्दै जाने संस्थाका अध्यक्ष सोनु गुप्ताले जानकारी गराए ।






