वीरगंज । कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ।
बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो। दिपेशलाई २५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय कैलाले जनाएको छ ।
तर असर ढिला गरेको देखिएपछि समयमै उपचार भएको थिएन् । २६ गते राति ३ बजेमात्रै सर्पको टोकाईको असर बालकमा देखा पर्न थाल्यो। परिवारले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पु¥याएका थिए।
शनिबार बिहान ६ बजे उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।


