Categories समाचार

कार्यवाहक प्रधानमन्त्री बने रघुवीर महासेठ

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा उपस्थित हुन नयाँदिल्ली गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायत मन्त्री रघुवीर महासेठले पाएका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्न महासेठलाई जिम्मेवारी तोकेका हुन्।

Advertisement

महासेठ प्रचण्ड क्याबिनेटका पहिलो बरियताका उपप्रधानमन्त्री भएकाले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो। प्रधानमन्त्री प्रचण्ड भारतबाट सोमबार नेपाल फर्किने छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *