Categories शिक्षा

बिहान साढे १० बजे भित्र पठनपाठन सक्न वीरगन्ज महानगरको निर्देशन

वीरगन्ज । वीरगन्ज महानगरपालिका मातहत रहेको सबै सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाई बिहान साढे १० बजेभित्र पठनपाठन सक्न महानगरले निर्देशन दिएको छ ।

हाल तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पुर्वानुमानलाई मध्यनजर गरी बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम गर्न महानगरले निर्देशन दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृतद्वारा हस्ताक्षरित सूचनामा हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना नभएसम्मका लागि भोलि (सोमबार) देखि साढे १० बजे भित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधिको व्यवस्थापन गर्न गराउन उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *