Rato Pana
अपराध

युवकमाथि गोली प्रहार गरि सुनको ब्रासलेट र सिक्री लुटियो

जनकपुरधाम । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतोमाथि मरहा खोलामा गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।

कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ । सोमबार साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारीले लुटपिट गर्न गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

Leave a Comment