Rato Pana
स्वास्थ्य

महामारीजन्य रोग, खानेपानी र खाद्य गुणस्तर निगरानीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगन्ज । संक्रामक तथा महामारीजन्य रोग, खानेपानी र खाद्य गुणस्तर निगरानीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, जन स्वास्थ्य प्रबर्द्धन शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुद्वारा खानेपानी र खाद्यवस्तुको स्वच्छता बारे छलफल गरिएको थियो ।

मंगलबार महानगरको शैक्षिक तालिम केन्द्रमा आयोजित कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर प्रशान्त साहले पानीको शुद्धता/ अशुद्धता, पानीको प्रयोग , खाने कुरा राख्ने तरिका र कस्तो खानेकुरा खाने नखाने बारे प्रकाश पारेका थिए ।

महानगर आफैंमा नियमनकारी संस्था भएकोले खुल्ला ठाउँमा खानेकुरा बिक्रीवितरणमा रोक लगाउनुका साथै कानुननै बनाई होटल, माछा मासु मिठाइलगायतका पसलहरुमा प्रभावकारी रुपमा अनुगमन र गल्ती गरेको पाइएमा दण्ड जरिवाना गर्न सहभागीहरुले जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रमको समापन गर्दै समाजसेवी प्रकाश थारुले महानगरको पहल र प्रयासले सरसफाइ तथा विभिन्न क्षेत्रमा सुधार देखिएपनि निरन्तरता दिन सबै क्षेत्रका व्यक्तिहरुले आ आफ्नो ठाउँबाट पहल गर्न आवश्यक रहेको बताए ।

उनले भने, “एकलै महानगरको प्रयासले सुधार ल्याउन सम्भव नरहेकाले सबैले हातेमालो गर्दै आफ्नो ठाउँको बजार व्यवस्थापन र सरसफाइमा सहभागी हुन अनुरोध गरे।”

सो अवसरमा ग्यासुदिन ठकुराई, जनपद प्रहरी, नगरप्रहरी, सञ्चारकर्मी, महाशाखाबाट यस कार्यक्रमका स्रोत व्यक्ति सुमनचन्द्र ठाकुर, सि अनमी निरीक्षक इन्द्रा लोहनी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजिकरण जन स्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहा र ठाकुरले गरेका थिए ।

सम्वन्धित समाचार

Leave a Comment