Categories समाचार

बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवाना

Advertisement

वीरगंज । बलात्कार मुद्दामा दोषी ठहर भएका न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद र ३ लाख जरिवाना सजाय तोकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले सोमबार सजाय निर्धारण गरेको सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए।

उक्त रकम अपराध पीडित संरक्षण ऐन अन्तर्गत कोषमा जम्मा गरिने सूचना अधिकारी बास्कोटाले बताए। त्यही कोषमार्फत पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए। यसअघि जेठ १३ गते भुसालको इजलासले निलम्बित न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सजाय निर्धारणका लागि सोमबार पेशी तोकिएको थियो।

Advertisement

गत चैत २१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। उक्त आदेशपछि फरार रहेका उनी वैशाख ३ गते काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए। त्यसयता उनी डिल्लीबजार कारागारमा छन्।

Advertisement

गिरी कपिलवस्तुमा जिल्ला न्यायाधीश थिए। त्यही बेला उनकी श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन्। सोही जाहेरीमाथि अनुसन्धान भई मुद्दा अदालतमा दर्ता भएपछि गिरीलाई न्यायपरिषदले निलम्बन गरेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *