वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।
सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको ।
वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित
ए.एस. नलेज एकेडेमीमा सिलबन्दी गरियो ।
वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी अनुमति विना नै संचालनमा रहेकोले सिलबन्दी । यस्तै अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको ।
वीरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव, महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगरप्रमुख सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीतामा अबैधरुपमा संचालित विद्यालयमा सिलबन्दी गरिएको थियो ।






