वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरले फेरि सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
तराई क्षेत्रमा गमी बढिरहेको र अझै केही दिन गमी बढ्न सक्ने मौसम विभागको पुर्वानुमानलाई मध्यनजर गरी बालबालिकाहरुको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयको हुने विदाबाट कट्टा हुने गरी असार २ गते आइतवार सम्म गर्मि विदा गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईद्वारा हस्ताक्षरित सूचनामा असार २ गतेसम्म विद्यालय बन्द गरिएको जनाइएको छ ।