Categories शिक्षा

शारदा माविमा “प्राविधिक शिक्षा प्रवर्द्धन सहयोग समिति” गठन

वीरगन्ज । वीरगन्ज महानगरपालिका- २४ मा रहेको श्री शारदा माध्यमिक बिद्यालयमा सञ्चालित प्राविधिक शिक्षा प्रवर्द्धनका लागि सहयोग समिति गठन भएको छ ।

मंगलबार बिद्यालयमा प्रधानाध्यापक विनोद मेहताको अध्यक्ष्तामा बसेको बैठकले प्राविधिक शिक्षा प्रबर्द्धनका लागि सर्व सहमतिमा ९ सदस्यीय सहयोग समिति गठन गरेको हो ।

श्याम सर्राफको संयोजकत्वमा गठन गरिएको सहयोग समितिको सदस्यमा प्रकाश थारु, संजिव मिश्रा, राजेन्द्र सिंह, अनिशकान्त कुशवाहा, प्रेम पटेल, सन्नी कुमार दुवे, कृष्ण कुशवाहा रहनुभएको छ ।

गठित समितिले सो बिद्यालयको प्राविधिक लगायतका शैक्षिक धारको प्रवर्द्धनका लागि आवश्यक पहल प्रयास तथा कार्य गर्न गराउन सहयोग गर्नेमा आफू विस्वस्त रहेको प्रधानाध्यापक मेहताले बताउनुभयो ।

समितिले आवश्यकता अनुसारको कार्यक्रम बनाउने रणनीति तय गर्ने तथा सो बमोजिमको कार्य गर्ने गराउने निर्णय गरिएको समेत थप्नुभयो ।

सो बिद्यालयले २०७३ सालमा सम्बन्धन प्राप्त गरि प्राविधिक शिक्षा तर्फको ३ वर्षे डिप्लोमा र १८ महिने प्रि–डिप्लोमा तह कृषि बाली विज्ञान (जेटिए) तथा भेटनरी (भिजेटिए) अध्यन अध्यापन गराउँदै आइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *