श्याम सर्राफ
वीरगन्ज । सहनै नसक्ने गरि बढेको प्रचण्ड गर्मीले हैरान सर्वसाधारणलाई भूमि सुधार तथा मालपोत कार्यालय पर्साले झन पिडा दिने काम गरेको पाइएको छ ।
करोडौं राजस्व संकलन गर्ने मालपोत कार्यालय पर्साले राजस्व तिर्ने लगायतको काम गराउन आउने सेवाग्राहीलाई पंखाको सुविधा समेत उपलब्ध गराउन नसक्दा उकुसमुकुस हुने अवस्था सृजना भइरहेको छ ।
सरकारी कार्यालयमा सबैभन्दा बढी भिड हुने मध्येको कार्यालय मालपोत पनि हो । पर्साको विभिन्न ठाउँबाट आउने सेवाग्राहीको भिड जस्तापाताले बनेको छाप्रोमा कसिएर लाइन लाग्न बाध्य भएपनि सम्बन्धि व्यक्ति, निकायको ध्यान नपुग्दा गर्मीले बेहोस हुने समस्या भइरहेको वीरगन्ज-१५ का विनय गुप्ता बताउन ।
ढिलासुस्ती काम हुने अड्डाको रुपमा नाम कमाएको मालपोत कार्यालयमा हुन त एसीको आनन्द लिरहेका हाकिमहरुलाई गर्मीको पिडाले छोएन होला तर मर्नेगरि भइरहेको गर्मीमा सेवाग्राहीलाई सताउनुको सट्टा पंखा समेत जडान गरिदिदा एउटै कामको लागि कैयौंपटक दौडिँदा पनि थौरैभएनि राहत हुने सेवाग्राहीहरु बताउछन् ।