Categories समाचार

खैरो हिरोइन सहित पर्साबाट एक भारतिय पक्राउ

Advertisement

वीरगञ्ज । प्रतिबन्धित लागू औषध खैरो हिरोइन सहित पर्साबाट एकजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगञ्ज महानगरपालिकाको बसपार्क क्षेत्रबाट एक भारतिय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्ला पोष्ट आदापुर ग्राम लालछपराका ३० वर्षीय मोहम्मद नेजामुदिन सिद्धकी रहेका छन् ।

Advertisement

प्रहरी टोलीले BRO5 AY 1346 नम्बरको भारतिय कारमा शंका लागि चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडी लुकाइछिपाइ ल्याएको १ सय २ ग्राम खैरो हिरोइन फेला पारेको थियो ।

Advertisement

पक्राउ परेका सिद्धकीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *