Categories समाचार

जसपा नेपालको नेतृत्व सहमतिबाटै चुनिने

Advertisement

वीरगंज। जसपा नेपालको एकता महाधिवेशनबाट नेतृत्व सहमतिमै टुङ्ग्याउने निर्विरोध निर्वाचित अध्यक्ष उपेन्द्र यादवले घोषणा गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई भेला गरी सम्बोधन गर्दै पदाधिकारी र केन्द्रीय सदस्य सहमतिमै चयन गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष यादवको आग्रहमा सबै उम्मेदवारले उम्मेदवारी त्यागेको घोषणा गरेका छन् । महाधिवेशन केन्द्रीय निर्वाचन समितिका अनुसार २०१ केन्द्रीय सदस्य र २० पदाधिकारीका लागि ३७२ उम्मेदवारी परेको थियो ।

Advertisement

अध्यक्ष यादवले चुनाव गराएमा एउटै भूगोल र समुदायका नेताहरू चयन हुने बताएका थिए । उनले भने, ‘सबैलाई समेट्न हामीलाई चुनौती छ । हाम्रो हिमाल, पहाड र तराई/मधेशका सबैको छ । त्यसैले जनजाति र खस(आर्यलाई पनि समेटेर टिम बनाउँनुछ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *