Categories समाचार

खोलामा नुहाउने क्रममा डुबेर ८ बर्षिय बालकको मृत्यु

वीरगन्ज। खोलामा नुहाउने क्रममा डुबेर एक ८ बर्षिय बालकको ज्यान गएको छ। पर्साको जगरनाथपुर गाँउपालिकामा सिंचाई गर्न बनाइएको खोलाको साइफनमा नुहाउने क्रममा डुबेर सोहि गाँउपालिका वडा नम्बर १ पिडारी गुठीका जग्गा राउत गदीका छोरा ८ बर्षिय अब्दुल कलाम गदीको मृत्यु भएको हो।

प्रहरीको अनुसार पिडारीगुठि गाँउकै पश्चिममा रहेको चमरी खोलाको साइफनमा नुहाउने क्रममा डुबेर अब्दुलको मृत्यु भएको हो। नुहाउने क्रममा अब्दुल डुबेपछि उनीसंगै रहेका साथीहरुले होहल्ला गरेपछि स्थानीयले उनलाई साइफनबाट निकालेपनि उनको मृत्यु भइसकेको थियो ।

Advertisement

मृतक बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *