वीरगंज। आज विक्रम सम्बत् २०८१ जेठ ३२ गते हो तर प्राविधिक हिसाबले मितिमा बेमेल देखिएको छ ।
एक दिन अगाडि भएर आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ ।
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका अधिकांश वेबसाइटहरूमा असार १ गते देखाएको छ ।






