Categories समाचार

पार्टी छोडेर गएकाहरुको कुनै प्रभाव नरहेको पुष्टि : अध्यक्ष यादव

Advertisement

वीरगंज। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले एकताको प्रथम राष्ट्रिय महाधिवेशनले जसपासँग जनता भएको पुष्टि भएको बताएका छन् । शुक्रबार जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले जसपा नेपालसँग जनता र जनतासँग जसपा नेपाल रहेको महाधिवेशनले पुष्टि भएको दावी गरेका छन् ।

एकताको प्रथम राष्ट्रिय महाधिवेशन पूर्णतः सफल भएको पनि उनको दावी छ । वैशाख २३ मा पार्टी विभाजन गरेर गएकाहरु अभागीको संज्ञा दिँदै उनले भने ‘केही अभागी व्यक्तिहरु पार्टीबाट चोइटीएर गएका छन् । उनीहरुको कुनै प्रभाव पार्टीमा नरहेको महाधिवेशनले पुष्टि भएको छ ।

Advertisement

उनले मधेश पहाड हिमालसहित ७७ वटै जिल्लाका जनता जसपा नेपालसँग रहेको दावी गरे । उनले महाधिवेशनमा उत्साहजनक सहभागीता र एकताको संदेश दिएकोले पूर्ण रुपमा सफल भएको दावी गरे ।

Advertisement

कसैले उम्मेदवारी नदिँदा अध्यक्षमा आफू निर्विरोध चयन भएको र बाँकी पदाधिकारी छान्ने सबै एकमले आफूलाई अक्तियारी दिने काम भएको बताए ।
योग्यता, वैचारिक स्पष्टता, सक्षमताका आधारमा पदाधिकारीसहित सदस्यसहितको केन्द्रीय समिति घोषणा गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *