Categories स्वास्थ्य

विश्व रक्तदाता दिवसकाे अवसरमा पर्साका दुई उपशाखामा उत्प्रेरणा कार्यक्रम सम्पन्न

वीरगन्ज । विश्व रक्तदाता दिवसकाे अवसरमा आज पर्साको दुई ठाउँमा रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा निचुटा उपशाखा तथा तुल्सिबर्वा उपशाखामा रक्तदान उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको हो ।

Advertisement

आज विश्व भरी मनाइने रक्तदानको महा पर्व विश्व रक्तदाता दिवसकाे अवसरमा नयाँ रक्तदाता जोड्नुका साथै रक्तदान बारे ग्रामीण भेगमा अझै अनभिज्ञता रहेकोले सचेतना फैलाउँदै अगाडि बढ्नुपर्नेमा सहभागी वक्ताहरूले जोड दिए ।

Advertisement

निचुटामा उपशाखा सभापति राजदेव प्रसाद थारुको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरी रहनुभएको थियो भने तुल्सीबर्वामा उपशाखा सभापति जितेन्द्र कुमार वर्षको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा सशस्त्र प्रहरी बल भिष्वा बंजारीका प्रहरी निरीक्षक दिपक राज बास्कोटाको उपस्थिति रहेको थियो ।

स्थानीय भद्रभलादमी तथा युवाहरूको उपस्थिति रहेको उत्प्रेरणा कार्यक्रमको सहजीकरण रक्तसञ्चार केन्द्र पर्साका प्रमुख सौरभ राज पाण्डेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *