Categories समाचार

एक सातादेखि बेपत्ता रुवीको हत्या भएको खुलासा

Advertisement

वीरगंज। बेपत्ता भएको भनिएकी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको हत्या आफैंले गरेको उनका श्रीमान राजु यादवले स्वीकारेका छन् ।

जेठ २६ गते महेन्द्रनगरबाट रुवी बेपत्ता भएको भनेर उनका श्रीमान् राजुले प्रहरीलाई जानकारी गराउँदै खोजविनका लागि अनुरोध गरेका थिए ‌। प्रहरीले अनुसन्धान गर्दा राजुले स्वयं बेपत्ता पारेको निष्कर्षमा पुग्यो ।

Advertisement

इलाका प्रहरी कार्यालय सखुवाले राजुलाई बिहीबार नियन्त्रणमा लिएर सुक्ष्म ढंगले अनुसन्धान थाले । हिरासतमा बसेको दुई दिनपछि राजुले श्रीमतीको हत्या गरेको स्वीकारेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । ‘राजुले दिएको लोकेसनमा सर्च गर्दा रुवीको शव फेला परेको छ,’ उनले भने, ‘मिथिला नगरपालिकाको सामुदायिक वनको खोल्सामा शव भेटिएको हो ।’

Advertisement

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको उनले बताए ‌। जेठ २६ मा औरही बाबाको दर्शन गर्नका लागि भन्दै श्रीमती रुवीलाई खोल्सामा पुर्‍याएर राजुले हत्या गरेको अनुसन्धानबाट खुलेको डीएसपी अवाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *