Categories समाचार

कबाड व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले रिङरोड भित्रबाट कबाड हटाउने निर्णय गरेको विरोधमा कबाड व्यवसायीले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले आइतबार माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए । रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गरिएको संघर्ष समितिले जनाएको छ ।

Advertisement

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले रिङरोडभित्रका कबाड हटाउन लागिएकोले आन्दोलन गर्नु परेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्त शैलीमा आफूहरूलाई विस्ताथापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ ।

Advertisement

महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरले डोजर समेत चलाएको थियो । महानगरका अनुसार महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र रहेको र ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नीति महानगरको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *