Categories समाचार

लागु औषध ट्रामाडोलसहित ४ जना पक्राउ

वीरगंज । लागु औषध ट्रामाडोलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–३१ कोटेश्वरस्थित सहयोगीनगरबाट तिनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पश्चिम रुकुम घर भएका २६ वर्षीय दीपेन्द्र ओली, भक्तपुर घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुङ्गा सुनकोशी गाउँपालिका–७ घर भएका ध्रुव कटवाल छन् ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीका अनुसार उनीहरूको साथबाट ३८ हजार ट्याब्लेट लागु औषध ट्रामाडोल बरामद गरिएको छ।

Advertisement

ट्रामाडोल चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न पाइँदैन । शनिबार साँझ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले ट्रामाडोल बरामद गरेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *