वीरगन्ज । थारु कल्याणकारणी सभाद्वारा थारु अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ। पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ स्थित रङ्गपुर मा.वि.को प्रांगणमा सम्पन्न भएको हो।
जेष्ठ १९ गते शनिबार नेपाली कांग्रेस पर्साको पार्टी कार्यलय वीरगन्जमा बसेको बैठकमा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दन क्षेत्रीले आफ्ना बिचार अभिव्यक्ति सम्बोधनको क्रममा आदिवासी थारु समुदायको चेलीबेटी महिला चरीत्रको बारेमा महिलाको प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने समाजलाइ अपच हुने भाषा शब्द प्रयोग गरेको हुनाले सम्पुर्ण थारु समुदाय जति छिटो हुन्छ निजलाई कानुनको दायरामा राखेर कडा भन्दा कडा कारबाही हुनुपर्नेमा थारु अगुवा समाज पर्साका अध्यक्ष राजेश्वर प्रसाद थारुले आफ्नो अभिव्यक्ति व्यक्त गर्नु भएको थियो।
बिना कारण बिना प्रमाण कसैलाई गलत वा सिधै इजतमाथी औला उठाउनु यो चरित्र हत्या नै भएको उनले बताए । यस्ता झुठा आरोप लगाउनेलाई कुनै हलतमा कारबाही नगरी छोड्नेवाला र साथै आजको मिति बाट ७ दिन भित्र यदि कुनै कुरो अगाडि बढेन भने हामी अब अर्को प्रक्रियामा जाने पटेर्वा सुगौली गा.पा.नेपाली कांग्रेस सभापति शिवनाथ चौधरीले प्रतिबद्धता जनाउनु भयो।
पार्टीमा जे जस्तो भए पनि कसैको व्यक्तिगत आचरण माथि प्रश्न गर्नु यो कहाँ सम्म ठिक हो यो अधिकार कस्ले दिएको म उहि ब्यक्तिसग प्रस्न गर्न चाहन छु कसैको चेलीबेटीप्रती अपच शब्द जस्तो प्रयोग गर्नु के उसको घरमा चेलीबेटी छैनन् र…के उसको घरमा छोरीबुहारी छैन्न म प्रस्न गर्न चाहछु यदि हो भने उले कसरी यस्ता शब्द प्रयोग गर्न सक्यो अत हामी यहि मन्चबाट चेतावनी दिन चाहन्छौ कि यदि निजले आफुले गल्ती गरेको हो गल्ती भएकै हो जब सम्म स्वीकार गर्दैन माफी माङ्दैन तब सम्म हामी थारु छोडनेवाला छैनौ भेनर था.क.स.केन्द्रिय पार्सद नन्दकिशोर पन्जियारले भनु भयो।
कार्यक्रममा आफ्नो कुरा राखदै प्रमुख अथिती थारु कल्याणकारीणी समिति केन्द्रिय पार्सद महेन्द्र चौधरीले भने कि मलाई त के लाग्छ कि यो एउटा राजनीति षड्यन्त्र हो राजनीति पैहतारा हो। यो एउटा ब्यक्तिमाथी मात्र न भइ हाम्रो सम्पुर्ण थारु समाज थारु जातिकै इजतमाथी दाग लागाउन खोजेको हो राजनीतिको नाममा हामी थारु दाजुभाइमा भाडन खोजेको तर हामी यो कदापि हुन दिदैनौ यो कार्य गर्न खोजने जो कोहि ब्यक्तिलाई हामी कदापि छमा दिनेवाला छैनौं यो कुरा मजाले बुझे हुन्छ भनेर जोड्तोडको साथ आफ्नो कुरा राखनु भयो।
कार्यक्रमको सभापतित्व था.क.स.पर्सा कार्यबाहक अध्यक्ष भागवत प्रसाद चौधरी,प्रमुख अथिती केन्द्रिय पार्सद महेन्द्र चौधरी,अथिती केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार,पटेर्वा सुगौली गा.पा.उपप्रमुख ममता महतो,कोषाध्य्क्ष राजु चौधरी सदस्य नारेन्द्र चौधरी,पुर्ब आयोजना सदस्य रामाकान्त चौधरी,समाजेवी जंगबहादुर चौधरी,मोहन दास,मोहन राउत,मुकेश गौरो,राजेश चौधरी,राकेश चौधरी,पर्सागढी गा.पा. पुर्ब उपमेयर अर्चना चौधरी,बृजबिहारी चौधरी,सरोज दहैत, थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु महतो थारु लगायत पर्साका लगभग सबै थारु समुदायको थारु आगुवाहरुको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य था.क.स.पर्सा उपाध्यक्ष सुश्री अर्चना चौधरीले व्यक्त गरेकी थिइन भने कार्यक्रमको सहजीकरण सचीव मनोज चौधरीले गर्नुभएको थियो ।


