Categories समाचार

कृषि सहकारीमा ९४ करोड २३ लाख ठगी, नम्बर र लोकेसन बदल्दै बस्थे अध्यक्ष र सञ्चालक

काठमाडौं । वचतकर्ताहरूको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन महर्जन रहेको जानकारी दिए । तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेको उनले बताए ।

Advertisement

उनकाअनुसार थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउन्टेन्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको र २०७० देखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेसन उद्योगको अध्यक्ष रहेका थिए ।

Advertisement

यस्तै २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसर मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष र २०७४ सालदेखि यति हब्र्स प्रा.लि.को अध्यक्ष थिए । यस्तै उनी २०७१ सालदेखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेष्टमेण्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ ।

थापामाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरू रहेका छन् । उनीमाथि ५६६ जनाले जाहेरी दर्ता गरेका छन् । उनीहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ ।

उनीहरूमाथि ६५ वटा जाहेरी परेको प्रहरीले बताएको छ । त्यस्तै पीडित वचत कर्ताहरू २ हजार ५ सय ३१ र जम्मा निक्षेप बचत २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ । उनीहरूबाट मोबाइल ६ थान, पेन ड्राइभ ३ थन, हस्ताक्षरसहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान र प्रतिवादी तेजविक्रम थपाले राज ठकुरीको नाममा बनाएको गोर्खा टि.भि.को परिचयपत्र बरामत भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *