वीरगन्ज । आज एक कार्यक्रम आयोजना गरि करिब ५ सय वटा विरुवा रोपिएको छ । चुरे दिवसको अवसरमा वीरगन्जमा करिब ५ सय वटा विरुवा रोपिएको हो ।
वीरगन्ज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति भरतपुर चितवन र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुंक्त आयोजनामा विभिन्न प्रजातिका ४ सय ८० वटा विरुवा रोेपिएको हो ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शुभारम्भ गरेका वृक्षारोपण कार्यक्रममा महानगरको वडा नम्बर १४ गण्डक चोकस्थित मुख्य सडकको डिभाईडरसम्म विभिन्न प्रजातीका विरुवा रोपिएको ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका प्रसाद भट्टराई, चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुरका प्रमुख श्यामबाबु लोप्चन लगायतकोपनि सहभागीता थियो ।


