Categories समाचार

बिजुली बनाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

Advertisement

धनगढी । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका–१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो ।

सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा बिद्युत बिग्रिएपछि बनाउने क्रममा असार २ गते आइतवार करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए ।

Advertisement

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *