Categories समाचार

दुई तल्ले कच्ची घरमा आगलागी हुदा १५ लाख बराबरको छती

Advertisement

वीरगंज । बाराको एक घरमा आगलागी हुदा १५ लाख बराबरको छती भएको छ।

बाराको निजगढ नगरपालिका २ सिंगौलस्थित अटलवस्ती बस्ने लिलाधर सापकोटाको दुई तल्ले कच्ची घरमा सोमबार दिउँसो आगलागी भएको हो ।

Advertisement

बारा प्रहरीका अनुसार आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीमा घरमा छाएको टायल, खाद्यान्न, गरगहना, महत्वपूर्ण कागजात, लत्ताकपडा ,भाँडा र मोबाईल जलेर करिब १५ लाख १५ हजार रुपैयाँ बराबरको क्षती भएको छ ।

Advertisement

भान्साबाट अचानक आगो सल्किदा घरमा आगालागी भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी, अस्थायी प्रहरी पोष्ट सिंगौल, नगरपालिकाको दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *