Categories एजेन्सी

अत्यधिक गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

एजेन्सी : साउदी अरबमा अत्याधिक गर्मीका कारण हजमा सहभागी १४ यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जोर्डनका नागरिक रहेको बताइएको छ।

जोर्डनका विदेश मन्त्रालयका अनुसार अत्याधिक गर्मीका कारण लू लागेर १४ जना जोर्डन नागरिकको मृत्यु भएको हो। अरु १७ जना बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजी भइरहेको छ।

Advertisement

परिवारको इच्छाअनुसार मृतकहरूको शव गाड्ने वा स्वदेश पठाउने प्रक्रियाबारे साउदी अधिकारीहरूसँग छलफल भइरहेको जनाइएको छ। हज संसारकै सबैभन्दा धार्मिक समारोहमध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाख बढी सहभागी हुने विश्वास लिएका छन्।

Advertisement

त्यहाँको तापक्रम ४६ डिग्री सेल्सियस मापन गरिएको छ। जसका कारण घर बाहिर र पैदल हिँड्ने तीर्थयात्रीहरू विशेषगरी वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन्।

यस वर्षको हजको समयमा मक्का र मदिनामा औसत तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको साउदी अरबको मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले बताएका थिए। साभार:अन्नपूर्णपाेष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *