Categories समाचार

वीरगञ्ज महानगरपालिकाको नगरसभा असार ८ देखि १० गतेसम्म हुने

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नगरसभा असार ८ देखि १० गतेसम्म तीन दिनसम्म हुने भएको छ। मङ्गलवार बसेको कार्यपालिका बैठकले नगरसभा उक्त मितिमा गर्ने निर्णय गरेको हो। नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरूको तीन सूत्रीय माग सम्बोधन भएपछि नगरसभाको मिति तोक्न सहमति भएको एकजना वडाध्यक्षले बताएका छन्।

बैठकमा वडाध्यक्षहरूले यसअघि उठाएका तीन सूत्रीय मागमध्ये वडाको बजेट वृद्धि गर्ने विषयमा ३८ प्रतिशतले वृद्धि गर्ने सहमति भएको छ। यसैगरी, वडाध्यक्षहरूले वडाको बजेट वडाबाट खर्च गर्न पाउनुपर्ने मागलाई सम्बोधन गर्न महालेखापरीक्षकलाई लेखी पठाएर स्वीकृति लिने निर्णय पनि गरिएको छ।

Advertisement

सरसफाइको सन्दर्भमा भने असार मसान्तसम्म यथास्थितिमा राखिने र त्यसपछि निर्णय गरिने बताइएको छ। वडाध्यक्षहरूले वडास्तरको सफाइ वडापालिकाको कार्यालयबाट गरिनुपर्ने र त्यसका लागि पाँचजना सफाइकर्मी र एकजना ट्याक्टर चालकको व्यवस्था गर्नुपर्ने माग राखेका थिए।

Advertisement

बैठकले यथार्थपरक बजेट ल्याउने निर्णय पनि गरेको छ। आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट एक अर्ब ८४ करोडभित्र हुने अनुमान गरिएको छ। यो नगरसभाले वीरगञ्ज महानगरपालिकाको विकासका विभिन्न महत्वपूर्ण योजनाहरूलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *