Categories हाइलाइट-समाचार

संघीय संसद् भवनभित्रै प्रहरी जवानले आफैँलाई हाने गोली

Advertisement

वीरगंज । संघीय संसद् भवनभित्र आज बुधबार बिहान नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार केही बेरअघि एकजना प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका हुन्।

Advertisement

२२ वर्षीय प्रहरी जवानले शौचालयभित्र गएर आफैँमाथि गोली चलाएका हुन्। ‘घटनाबारे भर्खर जानकारी प्राप्त भएको छ’, उनले भने, ‘यस विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’

Advertisement

अहिले प्रहरी जवानको नामलगायत विस्तृत विवरण खुलिनसकेको एसपी अधिकारीले बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *