Categories हाइलाइट-समाचार

लागु औषधसहित तीनजना वीरगञ्जबाट पक्राउ

Advertisement

वीरगञ्ज । भारतबाट प्रतिबन्धित लागु औषध ल्याइरहेको अवस्थामा पोखराका दुईजनासहित तीनजना वीरगञ्जबाट पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उ.म.न.पा वडा न.१६ बस्ने २० वर्षीय कुशल मगर, कास्कीको पोखरा म.न.पा वडा न. ३ का २० वर्षीय अनुप थापा क्षेत्री र सरोज राना मगर रहेका छन् ।

Advertisement

मंगलबार दिनको अन्दाजी १:२५ वीरगञ्ज महानगरपालिका वडा नं.१६ शंकरचार्य गेट स्थितमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

नियमित चेकजाँच गर्ने क्रममा भारतबाट संकाष्पदरूपमा पैदल हिंडिरहेको व्यक्तिहरूलाई रोकी खानतलासी गर्दा निजहरु मध्येका क्षेत्रीले बोकेको रातो झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध डाईजेपाम-४० एम्पुल, फेनारगन-४० एम्पुल, नुरफिन-४० एम्पुल फेला परेको थियो ।

लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *