Categories समाचार

२७० किलो लागू औषध गाँजासहित एक भारतीय युवक पक्राउ

Advertisement

वीरगन्ज । ट्रकको क्याबिन भित्र बक्स बनाई लुकाई छिपाई राखेको लागू औषध गाँजा सहित एक भारतीय युवक पक्राउ परेका छन् ।

२ सय ७० किलो लागू औषध गाँजा सहित बारा प्रहरीले ट्रक चालक भारतका थाना रामगढवा, ग्राम धनारदिउलि बस्ने अन्दाजी १९ वर्षका अन्तोस कुमार गिरीलाई पक्राउ गरेको हो ।

Advertisement

हिजो मंगलबार दिनको साढे १२ बजे ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा बाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित नारायणगढबाट पथलैया तर्फ आउदै गरेको भारतीय NL 01N3063 नम्बरको ट्रक शंकास्पद लागेकाले चेकजाँच गर्दा लागू औषध गाँजा फेला परेको थियो ।

Advertisement

ट्रकको क्याबिन भित्र बक्स बनाई लुकाई छिपाई राखेको २७ प्याकेटमा १० किलोको दरले २ सय ७० किलो लागू औषध गाँजा बारामद गरी गिरी समेत ट्रक नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैया बाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *