Categories समाचार

रक्सी घोटाला मुद्दामा जेल परेका अरविन्द केजरीवाल धरौटीमा रिहा

Advertisement

वीरगंज। रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् ।

दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड जेलमा राखिएको थियो ।

Advertisement

यसअघि भएको लोकसभा चुनावका लागि उनले २१ दिनको जमानत पाएका थिए । चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनी फेरि जेल गएका थिए । अहिले फेरि उनले जमानत पाएका हुन् । बोलाएका बेला हाजिर हुनुपर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्नुपर्ने सर्त अदालतले राखेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *