Categories समाचार

दुई करोड बढीको अवैध भेपसहित ५ जना हेटौंडाबाट पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका –११ थानाभर्‍याङबाट दुई करोड ७१ लाख बराबरको अवैध भेपसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ काठमाडौंबाट हेटौडाहुँदै भारतको दिल्लीतर्फ जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसमा दुई करोड ७१ लाख २१ हजार ७ सय ८० मुल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बस चालक दोलखा भिमेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ बस्ने २७ वर्षीय प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नम्बर–१६ बस्ने २९ वर्षीय राजकुमार हिमाङ रहेका छन् ।

Advertisement

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत नेपाल ओहोरदोहोर गर्ने नभइ अवैध भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसधानबाट खुलेको एसपी रिजालले बताए । यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्सबटम बनाएर भेप लुकाएर राखेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीले बससहित पक्राउ परेका पाँचैजनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *