Categories समाचार

ट्रकमा लागु औषध ओसारपसार गर्ने वीरगञ्जका एकसहित तीनजना पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले मालबाहक ट्रकमा लागु औषध ओसारपसार गरिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज २ का १९ वर्षीय विकाश सर्राफ, हेटौडा उ.म.न.पा. वडा नं.७ का ३० वर्षीय दिपेन्द्र अधिकारी र ३२ वर्षीय अजय रोक्का रहेका छन् ।

Advertisement

विशेष सूचनाको आधारमा हिजो बिहीबार साझ अन्दाजी ६:२५ बजे वीरगञ्ज महानगरपालिका वडा नं.२१ हनुमानचोक स्थित खटिएको प्रहरी टोलीले बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई खानतलासी गर्दा लागु औषध फेला परेको थियो ।

Advertisement

प्रहरीका अनुसार चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध Onerex 100ml को २ सय २२ बोत्तल फेला परेको थियो ।

पक्राउ परेका तीनैजना व्यक्तिहरूविरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप लिइ अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *