Categories समाचार

जंगली हातीको दुई वटा दारासहित पर्साका तीनजना पक्राउ

Advertisement

वीरगञ्ज । जंगली हातीको दुई वटा दारा जस्तो देखिने बस्तु सहित तिनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पर्सा प्रहरीले ठोरी गाँउपालिका वडा नं.४ विजयबस्ती गुम्बालाइन बस्ने ४१ वर्षका कुइसंग लामा, वीरगञ्ज -१४ पिप्रा बस्ने वर्ष ४० का प्रेम शर्मा र ३१ नम्बर वडा बस्ने अमिरीलाल महतोलाई पक्राउ गरेको हो ।

Advertisement

विगत केही महिना अगाडी देखि पर्साको ठोरी गाउँपालिका वडा नं.४ गोरखपुर टोल स्थित अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको भनी प्रहरीले सूचना प्राप्त गरेको थियो ।

Advertisement

प्रहरीका अनुसार थप कुरा बुझ्नको लागि गोप्य रूपले प्रहरी परिचालन गरी सो हातीको दाराको बारेमा पता लगाउने क्रममा आज बिहान अन्दाजी ६ बजे ठोरी -४ चन्द्र परियारको खेतमा खाल्डो खनी अन्दाजी २१/२१ किलो तौल भएको दुई वटा हातीको दारा जस्तो देखिने बस्तुहरू फेला परेको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा नेपाली रू.५० दरको नोटमा सूचना स्वरूप मिति समेत उल्लेख भएको फोटो तथा भिडियो भेटेको छ ।

सो कार्यमा सलंग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइ जिल्ला डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *