Categories समाचार

उपकार सेवा नेपालद्वारा रेल्वे माविमा शैक्षिक सामाग्री वितरण

Advertisement

वीरगन्ज । उपकार सेवा नेपालले एक बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

वीरगन्ज महानगरपालिका -९ गोश्वारा रोड स्थित रहेको श्री नेपाल रेल्वे माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा शिशु देखी कक्षा ५ सम्मका ३ सय २८ जना बालबालिकाहरु मध्ये अति विपन्न १ सय २७ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Advertisement

प्रत्येक बिधार्थीलाई १ थान स्कुल ब्याग, २ थान कपि ,१ थान पेन्सिल,१ थान ईरेजर र १ थान कटर बिद्यालय प्रांगणमा एक कार्यक्रम आयोजना गरि प्रदान गरिएको समाजसेवी प्रकाश थारुले जानकारी गराए ।

Advertisement

केही बालबालिकाहरुका ६ जोडी जुत्ता समेत उपलब्ध गरिएको उनले बताए ।

संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयका प्रधानाध्यापक प्रभु प्रसाद रौनियारको उपस्थितिमा सो सामाग्री प्रदान गरेकी हुन ।

सो अवसरमा संस्थाको तर्फबाट अभिभावक श्री पद्मा देबी सरावगी तथा सदस्यहरु सुमन बगेडिया ,अँकुश शर्मा सागर सर्राफ, नेहा सर्राफ, बिद्यालयका सहायक प्रधानाध्यापक मनोज यादव, सचितानन्द लाल कर्ण, किरण सिंह, उषा पान्डे लगायत शिक्षक शिक्षिका उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बिद्यालयको तर्फबाट प्रधानाध्यापक रौनियारले उपकार सेवा नेपालको अध्यक्ष बिद्या सरावगीलाई दोसल्ला ओडाई कदर पत्रले सम्मान समेत गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *