Categories समाचार

प्रसौनीमा ३० लाखको लागतमा नालाको निर्माण कार्य सुरु

Advertisement

वीरगन्ज । बाराको प्रसौनी गाउँपालिकाको एक टोलमा नाला निर्माण कार्य सुरु भएको छ ।

पालिकाको वडा नम्बर १ मा चिरान मिल देखी ज्ञान ज्योति स्कुल सम्म शुरु गरिएको नाला निर्माण कार्यको शिलान्यास गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जैसवाल गरेका हुन् । ३० लाख रुपैयाँको लागतमा नालाको निर्माण गर्न थालिएको हो ।

Advertisement

शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष जैसवालले समयमै काम सक्न निर्देशन दिएका छन् । उनले , `पालिका भित्र विकासनिर्माण कार्यमा काखापाखा नहुने र चौतर्फी रुपमा पालिकाको स्तर उकास्न कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।´

Advertisement

प्रशासकीय अधिकृत सुमित कुमार सिंंहले आफु यस पालिकामा हुदा सम्म शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधारको गुणस्तरमा कुनै सम्झौता नगर्ने भएकोले मापदण्ड र गुणस्तरको ख्याल राखी कार्य गर्न आग्रह गरे ।

यस अवसरमा उपाध्यक्ष किरण देवी, वडा नं.१ का वडा अध्यक्ष लालबाबु मुखिया, स्थानियलगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *