Categories समाचार

कटुवा पेस्तोलसहित एक भारतीय युवक पक्राउ

Advertisement

रौतहट । रौतहटको गौरबाट सशस्त्र प्रहरी बलले हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–२, महादेवपट्टिबाट भारतको जिल्ला सितामढी बैरगनिया ३ असोगी निवासी २१ वर्षीय राहुल रामलाई सशस्त्र प्रहरीबलले एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

Advertisement

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नखुलेको मोटरसाइकललाई सीमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुल बक्समा सो हतियार फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Advertisement

पक्राउ गरेका रामलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *