Categories समाचार

नागरिक सुशासन, पारदर्शिताबाट नै बैभव बीरगंजको अभियान सफल हुन्छ : नगर प्रमुख सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नागरिक सुशासन, पारदर्शिता र जनअपेक्षा अनुरुप वैभव बीरगंज बनाउने अभियानमा नेतृत्व जुटि रहेको बताउनु भएको छ ।

वीरगंजमा आज आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले नगरवासीको सहयोग र सहकार्यबाट मात्रै वैभव वीरगंजको परिकल्पना साकार हुने बताउनु भयो ।

Advertisement

उहाँले वीरगंज महानगरपालिकाका ३२ वटै वडामा हालै सम्पन्न नगर सभाबाट समानुपातिक रुपमा आगामी आर्थिक बर्षको बजेट विनियोजन गरिएको भन्दै वडा स्तरीय योजना छनौट गर्दा जनप्रतिनिधिहरु जनताको घरदैलोमै पुगेर समस्या बुझ्नु पर्नेमा जोड दिनुभयो । उहाँले भोटको राजनीति भन्दा माथि उठेर समग्र वीरगंजको विकासका लागि लाग्न जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभयो ।

Advertisement

कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले वीरगंजमा हाल खानेपानीको समस्या विकराल बन्दै गएको र ढल नलको व्यवस्थापन, सकडमा अव्यवस्थित रुपमा रहेका विजुलीका पोल तथा तारहरुको व्यवस्थापन, वर्षामा डुवान हुने समस्याको समाधान गर्न नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।

वीरगंज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिका आम सञ्चार प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीले नागरिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा संचारकर्मी एवं विश्लेषक ओम प्रकाश खनालले सार्वजनिक सुनुवाई सम्बन्धी टिप्पणी गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संचारकर्मी उज्जवल घिमिरले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *