Categories Headlines समाचार

वार्षिकोत्सब कार्यक्रममा ३९ जनाले रक्तदान गरे

वीरगन्ज। वीरगन्जमा शनिबार नव जनकल्याण युवा संजालले पाँचौ वार्षिकोत्सबकाे अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिलासहित ३९ जनाले रगत दान गरेका छन् ।

वीरगन्ज १० मा रहेको ग्यालेक्सी स्कुलमा आयोजित रक्तदान कार्यक्रममा अंकित मिश्रा, दिलखुश देवान, अशाेक दास, पिन्टु बैठा, नुर आलम, लगायतकाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।

Advertisement

नव जनकल्याण युवा संजालका अध्यक्ष सागिर अलीको अध्यक्षता तथा जनता समाजवादी नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे थियाे । रक्तदाताहरूलाई प्रमुख अतिथि यादवले मायाकाे चिनाे तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Advertisement

रक्तदान कार्यक्रममा विभिन्न संघ संस्थालाई पनि नव जनकल्याण युवा संजालका अध्यक्ष अलिले गम्छा ओडाएर मायाकाे चिनो दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *