वीरगन्ज । बाराको प्रसौनी गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप क्रिकेट प्रतियोगिताको आइतबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।
पालिकाको वडा नम्बर १ स्थित रहेको चटिया बाबाको फिल्डमा आइतबारदेखि सुरु भएको क्रिकेट प्रतियोगिताको उद्घाटन पालिका अध्यक्ष विनोद जैसवालले गरेका हुन । अध्यक्ष जैसवालले रिबन काटेर प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष किरण देवीको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह रहनुभएको थियो भने स्वागत मन्तव्य सुमित कुमार सिंहले दिएका हुन ।
सो अवसरमा प्रहरी निरीक्षक राजु गुप्ता, कार्यपालिका सदस्य राजहरण प्रसाद साह, वडा सदस्य चिन्ता देवी, संदिप साह, कर्मचारी, स्थानीय तथा सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।
आइतबार भएको पहिलो खेल वडा नं. १ प्रसौनी र वडा नं. ४ खुटवा बिच भएको थियो । खेलमा वडा नं ४ खुटवाले वडा नं १ प्रसौनीलाई १७ रनले पराजित गरेको थियो ।








