Categories समाचार

गहवामाईको दोस्रो रथ यात्राको अवसरमा वीरगन्ज महानगरद्वारा गरियो वृक्षारोपण

Advertisement

वीरगन्ज । श्री गहवामाईको दोस्रो रथ यात्राको अवसरमा वीरगन्ज महानगरपालिकाद्वारा बृहत वृक्षारोपण कार्यक्रम गरिएको छ ।

महानगरको आयोजना तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, साहेब दरबार वीरगन्ज र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति भरतपुर चितवनको संयुक्त सहयोगमा भएको बृहत वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख राजेशमान सिंहले वृक्षारोपण गरि शुभारम्भ गरेका हुन ।

Advertisement

शनिबार बिहान वडा नम्बर २० हरपतगंज चौक देखि अपौनीसम्म रहेको मेनरोडको डिभाइडरमा विभिन्न प्रकारका ९ सय विरुवा रोपिएको छ ।

Advertisement

ग्रिन सिटीका अध्यक्ष प्रकाश खेतानको अध्यक्ष्तामा भएको सो कार्यक्रममा भारतीय महावाणिज्यदूत देव सहाय मिना, सरसफाइ प्रमुख सर्फुदिन मिया, कमल चौलागाईं, मुर्ली जलान, मुकेश खेतान, प्रकाश आमात्य, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *