Categories समाचार

रौतहटमा छुरा प्रहार गर्ने तीन जना पक्राउ

Advertisement

रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ३ मा बिहिवार राति ८ बजे तिर ज्यान मार्ने नियतले छुरा प्रहार गर्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गौर राईस मिलको पश्चिमतर्फको सडकमा १६ वर्षीय सुरज प्रसाद यादवलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा तीन जना व्यक्तिलाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका तीन जना मध्ये १६ वर्षीय अभिनाश कुमार यादव, १८ वर्षीय संजिव गुप्ता, र २१ वर्षीय प्रदिप साह रहेको जनाएको छ। यी व्यक्तिहरूले केही दिन पहिले विद्यालय जान क्रममा आँखा तरेर हेरेको निहुँमा एक आपसमा रिसिईवी भएका कारणले सुरज प्रसाद यादवलाई छुरा प्रहार गरेको बताइएको छ।

Advertisement

घटनापछि अभियुक्तहरू भागेका थिए र उनीहरू बसेको घरको कोठामा फेला पारी प्रहरीले पक्राउ गरेको हो। अहिले उनीहरूलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत, रौतहटबाट म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *