Categories समाचार

वीरगञ्ज कारागारमा एक कैदीको मृत्यु

वीरगञ्ज । वीरगञ्ज कारागारमा एक कैदीको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ। मृतक वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ३० वर्षीय अनिल महतो नुनिया रहेका छन्।

अनिल महतो नुनिया जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि वीरगञ्ज कारागारमा सजाय भोग्दै थिए। शनिबार बिहान कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

Advertisement

प्रहरी निरीक्षक बोगटीका अनुसार, घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ। अनिल महतो नुनियाको मृत शरीरलाई पोस्टमार्टमका लागि वीरगञ्ज अस्पतालमा पठाइएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *