Categories समाचार

मुख्यमन्त्री सतिश कुमार सिंहले पाए विश्वासको मत

Advertisement

बिरगंज। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत पाएका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत पाएका हुन् ।

सिंहले मागेको विश्वासको पक्षमा ६७ सांसदले समर्थन दिएका छन् भने विपक्षमा ३४ जना सांसदले मतदान गरेका छन् । शनिबारको बैठकमा १०१ सांसद उपस्थित थिए ।

Advertisement

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेपाली कांग्रेससहित उनको दल जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए ।

Advertisement

कुल १०७ जना सांसद रहेको मधेश प्रदेशमा सरकार निर्माण गर्न ५४ जना सांसदको मत चाहिन्छ ।

मुख्यमन्त्री सिंहले यसअघि नेकपा एस, नेकपा माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकालाई बर्खास्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *