Categories समाचार

वीरगंजमा पनि मनाइयो क्रिकेटर धाेनीकाे ४३ औं जन्मदिन

वीरगंज । भारतिय क्रिकेटर महेन्द्र सिंह धाेनीकाे ४३ औं जन्मदिन वीरगंजमा पनि मनाइएकाे छ । एमएस धाेनी फैन क्लबले आइतबार वीरगंजमा आकास्मिक रक्तदान कार्यक्रम र आमाकाे माया छात्राबासमा खेलकुद र स्टेशनरी सामग्री सहयाेग गरेर धाेनीकाे जन्मदिन मनाएकाे हाे ।

रक्तसंचार केन्द्र वीरगंजमा भएको आकस्मिक रक्तदान कार्यक्रममा क्लबका आकाश गुप्ता, सन्दिप गुप्ता, पंकज पटेल, समिर अन्सारी र विकी सर्राफले रक्तदान गरेका थिए ।

Advertisement

यसैगरी क्लबले वीरगंजस्थित आमाको माया छात्राबासमा खेलकुद र स्टेशनरी सामग्री सहयाेग गरेकाे थियाे । धाेनीकाे जन्मदिनकाे अवसरमा छात्राबासमा कक्षा १० काे ५५ सेट किताब ४ थान, १० सेट किताब ५ थान, कपी ६ दर्जन, ब्याट एक थान, विकेट दुई थान लगायतका सामग्री सहयाेग गरिएकाे क्लबका अध्यक्ष विकी सर्राफले जानकारी दिए ।

Advertisement

साे अवसरमा मानव सेवा आश्रम वीरगंज दिवेश गुप्ता, एमएस धाेनी फ्यान क्लबका गाैरव अग्रवाल, आरएन गुप्ता, सुजित गुप्ता, प्रिन्स गुप्ता, समिर हुसेन, ओम झा, सुरज सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *