Categories समाचार

लाेककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न मेयर सिंहले दिए निर्देशन

Advertisement

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगंज महानगरपालिकाको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न माग गरेको छ ।

संगठनले आईतवार नगर प्रमुख राजेशमान सिंहसंग भेट गरि चालु आर्थिक बर्षकाे भुक्तानी हुने समय सक्न एक दिन मात्र बाकी रहदा पनि वीरगंजका संचारमाध्यकाे लाेककल्याणकारी विज्ञापन प्रकाशन गरे वापतकाे भुक्तानी नभएको जानकारी गराउँदै भुक्तानी गर्न माग गरेको हो ।

Advertisement

आर्थिक बर्ष २०८०/०८१ को लोककल्याणकारी विज्ञापनकाे तेस्रो र अन्तिम किस्ताको भुक्तानी अहिले सम्म भएको छैन । दुईटा किस्ता वापतको रकम भुक्तानी नहुँदा वीरगंजका संचारमाध्यहरु मर्कामा परेका छन् ।

Advertisement

नगर प्रमुख सिंहले भोलि सम्म बाकी रहेको सबै संचारमाध्यमको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न आश्वासन दिए । उनले भेटघाट कै क्रममा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई लाेककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न निर्देशन दिए ।

लाेककल्याणकारी विज्ञापनकाे भुक्तानी अहिले सम्म वाकी रहेकाे बारे आफुलाई जानकारी नभएकाे भन्दै प्रमुख सिंहले यथासिघ्र भुक्तानी गर्न लेखा शाखालाई निर्देशन दिएका हुन् ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको नेतृत्वमा गएको डेलिगेशन टोलिमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, पर्सा जिल्ला उपाध्यक्ष हरिशंकर शर्मा, कोषाध्यक्ष संताेष साह, सहसचिव श्याम सर्राफ, सदस्य प्रदिप साह, रामेश्वर चौरसिया लगायतका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *