Categories समाचार

पहिलो पाईला नेपाल पर्साको अध्यक्षमा राज निर्विरोध निर्वाचित

वीरगंज । पहिलो पाईला नेपाल पर्सा शाखाको अध्यक्षमा राज साह कानु निर्विरोध निर्वाचित भएका छन् ।

वीरगंजको टाउन हलमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट सर्व सहमतले साह अध्यक्ष पदमा निर्वाचित भएका हुन ।

युवा,परिवर्तन र समाजलाई ऐक्यबद्धता गर्दै समाज रुपान्तरणका क्षेत्रमा कार्यरत रहेको यस समाजिक संस्थाको विधान २०७५ को परिच्छेद ४ (१३) बमोजिम वीरगंज शाखाको दोस्रो शाखा अधिवेशनबाट अध्यक्ष पदमा साह निर्विरोध निर्वाचित भएका हुन ।

उपाध्यक्षमा भक्ति अग्रवाल, सचिवमा मो इर्शाद अंसारी, सह सचिवमा सत्य प्रकाश कुमार, कोषाध्यक्षमा किशन अग्रवाल, सह कोषाध्यक्षमा माध्वी गुप्ता, सदस्यमा रबिन चौधरी, निकी कुमारी, नवीन सर्राफ र मिहिर कर्ण निर्वाचित भएका छन् ।

नव निर्वाचित साहलगायतका पदाधिकारीहरुलाई केन्द्रीय कार्यालयको तर्फबाट संस्थाको विधान, नियमावली तथा निति नियम भित्र रही कार्य गर्न निर्देशन दिँदै प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *